Nepal's First Video FM

माओवादी केन्द्रका नेता महराद्धारा सभामुखको उम्मेद्वारी दर्ता

755

फागुन २५, नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन् ।केहीबेरअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपस्थित भएर उनले सभामुखको उम्मेदवारी दर्ता गरेको हो ।

उन उम्मेदवारीलाई नेकपा(एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेको छ भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरेका छन् ।

उम्मेदवारीको दर्तालगतै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महराले संविधान कार्यान्वयन र नयाँ कानून निर्माणका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए ।

You might also like

Comments are closed.