Nepal's First Video FM

प्रधानमन्त्री सँग प्रतिनिधिसभाका सभामुख भेटघाट

221

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख सापकोटा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो।
प्रतिनिधि सभाको अघिल्लो अधिवेशनपछि पहिलोपल्ट उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्तामा पुनःस्थापित प्रतिनिधि सभालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ। उनीहरूबीच करिब दुई घण्टा छलफल भएको हो।
छलफलमा महत्वपूर्ण विधेयकका विषयमा पनि कुराकानी भएको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले बताए।

गत सोमबार सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेटका लागि समय मागेको भएपनि पाइनसकेको बताएका थिए।

You might also like

Comments are closed.