Nepal's First Video FM

दोहोरी गायक बद्री पंगेनी देखि विजय लामा सम्म पुगे खेल हेर्न रंगशालामा

0 101

काठमडौं । त्रिदेशीय फुटबल अन्तर्गत फाइनल खेलमा अहिले नेपाल र बंगलादेशले प्रतिस्पर्धा गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समेत खेल हेर्न पुगेपछि अहिले खेलमा रौनकता थपिएको छ।

चर्चित लोकदोहोरी गायक बद्री पंगेनी देखि कलाकार तथा पाइलट बिजय लामा सम्मका व्यक्तिहरुको यो बेला घुइचो छ रंगशाला।

नेपालले छोटो समयमै २ गोल हानेको छ नेपालले ,पहिलो हापमै दुइ गोल हानेर बंगलादेश बिरुद्ध नेपालले अग्रता लिएको हो ।

पहिलो गोल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको खेलमा नेपालले सन्जोक राईको गोलबाट अग्रता बनाएको छ । खेलको १८ औं मिनेटमा नेपालका सन्जोक राईले डिबक्स नजिकको बल गोलमा परिणत गरेका थिए । उनले सुनिल बलले हानेको कर्नर किक बंगलादेशका खेलाडीमा लागेर फिर्ता आएको बलबाट गोल गरेका थिए ।

यसअघि खेलको १३ औं मिनेटमा नेपालका त्रिदेव गरुङले डिबक्स भित्रको बल पोष्टमा हाने पनि आउट गएको थियो

You might also like

Leave A Reply

Your email address will not be published.