सूर्य थापाले माधव नेपाल रोएको तस्बिर सेयर गर्दै भने : विधि, पद्धती र प्रक्रिया पूरा गरेर निलम्बन गरिएको हो’
काठमाडौं, । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टीकरण सोधेर विधि, पद्धती र प्रक्रिया पूरा गरेर नै वरिष्ठ नेता माधव कुमार नेपाल र डा.भीम बहादुर रावललाई साधारण सदस्यबाट ६ महिनाको लागि निलम्बन गरिएको स्पष्ट पारेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र रावललाई ६ महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरेको निर्णय उल्लेख गर्दै थापाले यस्तो बताएका हुन् । उनले नेता नेपाल रुँदै गरेको तस्विर सार्वजनिक गर्दै भनेका छन्,”स्पष्टीकरण सोधि विधि, पद्धती र प्रक्रिया पूरा गरेर यो कार्य गरिएको हो ।
जबकि, प्रचण्ड नेपालले स्पष्टीकरण नै नसोधी कंगारु कोर्टले जस्तै हामीलाई कथित लिनम्बन गरेका थिए
Comments are closed.