Nepal's First Video FM

सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित

395

फागुन २५, प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् ।

सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका संघीय संसद् सचिवालयले जनाएको छ । निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ ।

नेकपा (एमाले)का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा उनले शुक्रबार निर्धारित निर्वाचन तालिका अनुसार उम्मेदवारी दर्ता गरेको थियोे ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वास सहित सभामुख पदमा उम्मेदवारी नदिएको जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक मत नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको स्पष्ट पारे ।

You might also like

Comments are closed.