Nepal's First Video FM

प्रधानमन्त्री ओलीले ऋषि धमलाको प्रशंसा गर्दै भने-उहाँलाई स्मार्ट पत्रकारिता पुरस्कार दिनुपर्छ

323

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार ऋषि धमला सबैको प्रिय भएको भन्दै उनले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका छन् । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धमलाको मुक्तकण्ठले प्रशंसा गरेका हुन् ।

उनले पत्रकार धमलाका टिभी कार्यक्रममा हमला झेल्नुपर्ने थाहा हुँदाहुँदै पनि सबै जाने गरेको पनि सुनाए । उनले भने,”धमलाको हमला जतिसुकै झेल्नुपरोस, तर त्यहाँ नगई हुँदैन् । धमलाजीले फर्काईफर्काइ दिने हो । घरदेखि मनमा राखेर जानुपर्छ । त्यहाँ जानैपर्छ । उहाँको कार्यक्रम कसैले पनि उपेक्षा गर्न सक्दैन् ।”

त्यस्तै, प्रधानमन्त्री ओलीले पत्रकार धमलाले बोलाएको कार्यक्रममा आउँदिन भनेरपनि कसैले सुख नपाउने बताए । आउँदिन भन्नेहरुलाई धमलाले क्रेनले उठाएजस्तो गरी ल्याउने गरेको पनि पनि बताए । उनले भने-“जतिसुकै आउँदिन भन्नेलाई पनि क्रेनले उठाएर ल्याउने गर्नुहुन्छ । उहाँसँग यस्तो म्याग्नेट छ । जुन म्याग्नेटले नजिकै जान्नँ भनेपनि तानिहाल्छ ।”

प्रधानमन्त्री ओलीले रिपोर्ट क्लब सुरुवाती दिनमा सानो भाडाको कोठामा बसेको स्मरण गराउँदै प्रधानमन्त्रीले यसको नेतृत्वको कुशल नेतृत्वदायी क्षमता र दुरदर्शीताले क्लबले धेरै फड्को मारेको पनि सुनाए । उनले भने-“क्लब सुरु गर्दाखेरि सानोको भाडाको कोठामा बसेको थियो । यति पुरस्कार बाँड्ने हैसियत कहाँ थियो ? क्लबले भूमिगत मान्छेपनि त्यही हिसाबले बोलाएर, साक्षात्कार गराएर भूमिगत नै पठाउने काम पनि गर्यो । ओझेलमा परेका विषय ल्याउने काम गरेको छ । कुन ईस्यु कतिखेर ल्याउनुपर्छ भन्ने कुरा क्लबलाई थाहा छ ।

उहाँमा स्मार्टनेश बढि छ । ऋषि धमलालाई स्मार्ट पत्रकार पुरस्कार दिन उचित हुन्छ । मेरो सिफारिश हो है । तपाईँहरुले जान्ने कुरा हो । क्लबले धेरै उन्नति र प्रगति गर्दै जाओस् । धेरैको सहयोग प्राप्त गर्दै जाओस् । देशको धेरै सेवा गर्दै जाओस् । मेरो शुभकामना छ ।”

You might also like

Comments are closed.