Nepal's First Video FM

एकैदिन सुन ताेलामा यति रूपैयाँले बढ्याे,यतिमा हुँदैछ काराेबार !

582

काठमाडौँ, निरन्तर दुई दिन घटेको सुनको मूल्य बिहीबार उकालो लागेको छ। आज सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दुई कारोबार दिन सुन तोलामा ९०० रुपैयाँले गिरावट भएको थियो । बुधबार सुनको मूल्य प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

यसैगरी बिहीबार चाँदीको भाउ पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदब्रिक्री हुँदैछ । बुधबार महासंघले चाँदीकाे भाउ प्रतिताेला एक हजार १९५ रूपैयाँ ताेकेकाे थियाे ।

चाँदीको भाउ एक साता यता लगातार ओरालो लागेको छ । गत साताको बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच भएको थियो । त्यसपछि भने चाँदी साताभरमा तोलामा ३० रुपैयाँले घटेको छ ।

You might also like

Comments are closed.