काठमाडौं – नेपाललाई हालै घरमा सम्पन्न थ्र्री नेशन्स कपको उपाधि जिताउन अहम भूमिका खेलेका नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङ एएफसीको नेशनल टिम प्लेयर अफ द विकको मनोनयनमा परेका छन् । एएफसीले जारीको यो अवार्डका लागि दश खेलाडीको सूचीमा दक्षिण एसियाबाट पर्ने किरन एक्ला खेलाडी समेत हुन ।
गत शुक्रबार मात्र सम्पन्न थ्री नेशन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हराउँदै ३७ बर्षपछि घरेलु मैदानमा उपाधि जित्न सफल भएको थियो ।किरनले खेलको कुल ३ खेलहरुमा एक गोल खानुका साथै दुई क्लिन शिट आफ्नो नाममा गरेका थिए । फाइनल खेलमा बंगलादेश विरुद्ध पनि किरनको प्रदर्शन दर्शनीय नै रहेको थियो ।
यो अवार्डको मनोनयनमा किरनसँगै युएईका अली मबखौट, कतारका मोहम्मद मुन्तारी, जापानका युया ओसाको, इरानका स्टार सरदार अजमुन, साउदी अरबका सालेह अल शेहरी, इराकका अला अली मवी, बहराईनका मोहमद महरुन, जोर्डनका मुसा अल तामरी र ताजिकिस्ताका अलिशर डिझालिलोव रहेका छन् ।
Comments are closed.