काठमाडौँ, नेपाली काँग्रेसले सरकारको नेतृत्वका लागि अघि बढ्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै सरकारको नेतृत्व गर्न अघि बढ्ने निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवा नेतृत्वका लागि बढ्न नमानिरहेको अवस्थामा केन्द्रीय समिति बैठकले सरकारको नेतृत्व काँग्रेस अघि बढ्नु पर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
काँग्रेसभित्र सभापति शेरबहादुर देउवा नेतृत्वका लागि बढ्न मानिरहेका थिएनन् । उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वका लागि बढ्न नमाने विकल्पमा अन्य नेतालाई सार्नुपर्ने प्रस्ताव राखेका थिए ।
नेपाली काँग्रेसले ओलीइतर समीकरणबाट सरकारको नेतृत्व लिन माओवादी केन्द्र र जनता समाजवादी पार्टीको साथ हुनुपर्ने देखिन्छ । तर, जसपाले पनि सरकारको नेतृत्वको दाबी गर्दै आएको छ ।
Comments are closed.