Nepal's First Video FM

जेलमै बसेका अनसनरत रेशम चौधरी सेती अस्पतालमा भर्ना

475

फागुन २५, ६ दिनदेखि अनसनरत टीकापुर घटनाका आरोपी रेशम चौधरीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना भएका छन् ।

जिल्ला कारागार कैलालीका निमित्त जेलर भक्तबहादुर विष्टका अनुसार विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको स्वास्थ्यमा पनि समस्या देखिएको बताए ।

टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुले तीनबुँदे माग राख्दै आइतबारदेखि अनसन थालेका थिए । उनीहरुको माग यस प्रकार छन् ।

१) कैलाली १ का सांसद समेत रहेका रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने

२) पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने

३) थारुहटको माग सम्बोधन गर्नुपर्ने आदि माग अघि सारेका छन् ।

You might also like

Comments are closed.