Nepal's First Video FM

एका एक भाइरल भयो भारतीय अभिनेतृ एलीको बोल्ड म्यूजिक भिडियो ( हेर्नुहोस भिडियो)

420

एजेन्सी, भारतीय नायिका तथा मोडल एली अवराम आफ्नो बोल्ड लुकको कारण प्रायः समाचारका हेडलाइन्स्मा आउने गरेकी छन् ।

यी नायिका सामाजिक सञ्जालमा धेरै सक्रिय छन् र उनका कतिपय फोटोहरु लामो समयसम्म चर्चाको बिषय बन्ने गरेको छन् । अहिले फेरि एली सामाजिक सञ्जालमा ट्रेन्डिङमा आएकी छन् । उनको भारतका फिल्म नगरीमा चर्चा हुन थालेको छ ।

तर यो पटक उनको फोटो नभएर उनको बोल्ड अवतारमा गरेको नृत्यका कारण उनको चर्चा भएको हो ।
उनले खेलेको म्यूजिक भिडियो अहिलेको चर्चाको कारण बनेको हो ।

हालै कोरोरियोग्राफर सलमान युसफसँग एलीले एक म्यूजिक भिडियोमा काम गरेकी छन् । उक्त म्यूजिक भिडियोको नाम फिदाई हो । उक्त रोमान्टिक गीतमा एलीको हाउभाउका कारण पनि मानिसहरु मन्त्रमुघ्द भएका हुन् । नृत्यका कारण यतिधेरै चर्चामा भएको यो एलीको पहिलो पटक हो ।

यो गीतमा दुबै कलाकारले कन्टेम्पररी डान्स गरेका छन् । डान्समा जुन स्टेपलाई अति नै गाह्रो मानिन्छ सोही स्टेप सहजतापूर्वक गरेर मै हुँ भन्ने डान्सरलाई यो युगल नृत्यले चुनौति थपिदिएको छ ।

यो म्यूजिक भिडियोमा स्वर गायक राहुल जैनले दिएका छन् । उनले एलीले यो गीतका लागि आफ्नो बेग्लै ड्रेस सिलाएकी थिइन् । उनको यो ड्रेसलाई धेरैले मन पराएका छन् । एली पहिलो पटक मिक्की भाइरसमा मनीष पलसँग फिल्ममा आएकी थिइन् । फिल्मले खासै व्यापार नगरेपनि उनीहरुको अभिनयको निकै नै चर्चा भएको थियो ।

You might also like

Comments are closed.