Nepal's First Video FM

श्रमदान गर्दै इन्द्रेणीका कृष्ण कंडेल र पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले इट्टा बोक्दै गरेको तस्बिर भाइरल

772

इन्द्रेणीका लोकप्रिय गायक कृष्ण कंडेल र पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम पश्चिममा श्रमदानबाट निर्माण भइरहेको जनविकास माध्यामिक विद्यालयमा श्रमदान गर्न पुगेका छन् । इट्टा बोकिरहेको तस्बिर यो बेला फेसबुकमा भाइरल भएको छ ।

आफ्नो निर्वाचन क्षेत्र समेत रहेको रुकुम पश्चिममा ‘बनाऊ आफ्नो गाउँ, समानता ल्याऔं, गरिबी हटाऔं’, नारासहित प्रत्येक दिन २०० जना श्रमकर्ता सहभागी भएर चारवटा भवन (१६ कोठा)निर्माण भैरहेको छ ।

आठबीसकोट नगरपालिका वडा नम्बर १० घारिखोला पुगेर श्रमकार्यमा सहभागी भएको माओवादी केन्द्रका नेता समेत रहेका शर्माले जानकारी दिए । उक्त भवन निर्माणका लागि देश तथा विदेशमा बस्ने नेपालीहरुले ४९ लाख रुपैयाँ सहयोग गरेका छन् ।

उक्त भवन निर्माण गर्न १ करोड ६२ लाख लागत लाग्ने भएकाले बाँकी रकम नगरपालिका र जनश्रमदानबाट जम्मा गर्ने तयारी छ । रुकुम पश्चिममा कोभिड महामारीका समयमा पनि शर्माको अगुवाईमा १० दिनमा आइसोलेशन भवन बनाइएको थियो ।

You might also like

Comments are closed.