काठमाडौं । २० चैतमा अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखिन्, “अबदेखि नसोध्नुहोला। हामी गर्भवती छौं ।”
श्रीमान् आयुष्मान देशराज जोशीसहितको तस्बिर सेयर गर्दै उनले आफु आमा बन्न लागेको जानकारी दिएकी थिइन् ।
त्यसपछि उनी दिनहुँ सामाजिक सञ्जालमा गर्भावस्थाका तस्बिर सेयर गर्दै आएकी छिन् । आज उनले आयुष्मानसँगको तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, “हाम्रो सानो चमत्कार!” गत फागुन १६ गते दुवैले विवाह गरेका थिए ।
Comments are closed.