Nepal's First Video FM

रुकुम पश्चिममा माओवादीले जनसभा आयोजना गर्दै

0 33

काठमाडौं – नेकपा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर पश्चिम रुकुममा जनसभा आयोजना गर्दै छ। उक्त सभालाई ‘आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम’ नाम दिइएको छ।

सदरमुकाम खलंगामा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले सम्बोधन गर्ने जनाइएको छ। माओवादी केन्द्र रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्मा ‘अनल’का अनुसार पार्टी अध्यक्ष प्रचण्ड मध्याह्न १२ बजे सभास्थलमा पुग्ने कार्यक्रम छ।

You might also like

Leave A Reply

Your email address will not be published.