Nepal's First Video FM

कैले होला राजेश पायल राइको बिबाह ? के भन्छन त बिबाहको बारेमा हेर्नुहोस !

0 250

काठमाडौं । गायक राजेश पायल राईले अहिलेसम्म आफ्नो बिबाह हुन नसक्नुको कारण लेखान्त नै भएको जिकिर गरेका छन् । आफूले मित मानेको अभिनेता राजेश हमालले विवाह गरेपछि यी गायकले पनि अब तत्कालै विवाह गर्छु भनेर घोषणा गरेका थिए ।

सो घोषणाको मिति सात वर्ष पुगिसक्दा पनि राजेश पायल राईको विवाह साइत जुरेको छैन ।‘विवाहको कुरा परिवारबाट बारम्बार चल्दै आएको हो । तर, अझै पनि विवाह जुर्न नसक्दा कतै यो लेखान्त नै पो हो कि जस्तो पो लाग्न थालेको छ ।’गायक राईले भने उनलाई आजकाल जहाँ जाँदा पनि विवाहकै प्रश्न आउने गरेको छ । त्यति बेला फिस्स हाँसेर कुरा टार्ने गरेको पनि उनले बताए ।गायनमा सफलताको चुलीमा पुगेका यी गायकको रफ्तार रोकिएको छैन । नेपालमा पाँच दिनभित्र यिनको तीनवटा गीत करोड भ्युजमा पुगेको छ ।

यसरी एउटै गायकको पाँच दिनकै सेरोफेरोमा तीनवटा गीतले एक/एक करोडको भ्युज पाउनु आफैंमा नयाँ रेकर्ड हो ।उनको नयाँ गीत ‘फूल फुलेको बन…,’ ‘चलचित्र वीर बिक्रमको टलटल…’ र अर्को एउटा गीतले एक÷एक करोड भ्युज पाएको हो । गायक राईले यो खुसी मंगलबार सञ्चारकर्मीसँग बाँढे । काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै उनले आफ्नो तीनवटा गीतले यो पाँच दिनभित्र एक÷एक करोड भ्युज पाएको पनि उनले जानकारी गराए ।यसलाई उनले अनौठो मानेका छन् ।

आफ्नो एउटा गीत दुई महिनामा करोडा भएको भए पनि बाँकी दुई गीतले रिलिज भएको तीन वर्षमा १ करोड भ्युज पाएको उनले बताए । तथापि, तीन वर्ष यताबाट तीनवटा गीतले यो पाँच दिनभित्र एक÷एक करोड भ्युज पाउनलाई आफ्नो गायक यात्राको एउटा सफलताको पाटोका रूपमा राईले चर्चा गरेका छन् ।उनले नयाँ गीत दर्शन नमस्तेको नयाँ गीत चाँडै आउँदै छ । यही नयाँ वर्षको अवसर पारेर वैशाखको पहिलो साताभित्र दर्शन नमस्ते शृंखलाको नयाँ गीत आउने पनि उनले जानकारी गराए ।

उनको ‘दर्शन नमस्ते’ गीतको ‘किन यति धेरै माया लाग्छ…’ गीत पनि यति बेला करोड भ्युज पाउने तयारीमा छ ।ती गीत सुन्ने दर्शकले पनि युट्युबमा गरेको कमेन्टमा राजेश पायल राईको विवाह अब कहिले हुन्छ भनेर जिज्ञासा उठाएका छन् । त्यसैले यति बेला परिवारलाई मात्र नभएर शुभ चिन्तकदेखि दर्शकसम्मलाई विवाहकै चिन्ता भएको यिनले खुलासा गरेका छन् ।‘अब त विवाह गर्छु भनेर मानसिक रूपमा तयारी हुँदै गर्दा कुनै न कुनै कुुरा बाधक बनिदिन्छ । यसपटक पनि कोरोना बाधक बनेको छ ।’ त्यसैले आफ्नो विवाह यति बेलासम्म हुन नसक्नुको कारण लेखन्त नै हो भन्ने उनलाई लागेको रहेछ ।

उनलाई प्रायः सबैले चाँडै विवाह होस् भनेर शुभेच्छा दिने क्रम बढेको छ । उनी आफूलाई क्षमतावान् नै मान्छन् । तर, पनि किन लगन जुरी रहेको छैन भन्ने प्रतिप्रश्न आजकाल यिनले आफैंलाई गर्न थालेका रहेछन् ।कोरोना सं*क्रमणपछि कन्सर्टमा नहिंडेका यी गायक यति बेला विदेश यात्राको तयारीमा छन् । एक वर्षअघि स्थगित भएको उनको विदेशको कन्सर्ट अब हुने भएको छ । अर्को साता आफू कन्सर्टका लागि दुबई जाने तयारीमा रहेको मंगलबार उनले राजधानीलाई बताए ।दुबईबाट सुरु हुने कन्सर्ट युरोपका केही देशमा पुगेर टुंगिने उनले जानकारी गराए । एक वर्षअघि नै बेलायतमा कन्सर्ट गर्न जाने तयारीमा रहेका उनलाई त्यति बेला कोरोनाले छेक्यो ।

त्यसपछि २०२१ को नयाँ वर्षमा उनी बेलायत जाने तयारमा थिए, ‘त्यसपछिबाट बेलायतमा कोरोना बढ्न थलेको केही समय यताबाट त लकडाउन नै भएको छ । त्यसैले अब लकडाउन नखुलेसम्म बेलायतमा कन्सर्ट होला जस्तो छ ।’ त्यसैले आफूले यो बीचमा अरू देशमा कन्सर्ट भ्याउने पनि उनले बताए ।

You might also like

Leave A Reply

Your email address will not be published.