पोखरा – गण्डकी प्रदेशको सरकारमा सहभागी माओवादी केन्द्रका दुई जना मन्त्रीले आज राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले एकै साथ मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ समक्ष राजीनामा दिएका हुन्।
मन्त्रीबाट राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै रहने संसदीय दलका नेता समेत रहेका चुमानले जानकारी दिए। मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउँदै चुमनले सँगै काम गर्ने रहर हुँदाहुँदै पनि पार्टीको निर्णयअनुसार बाहिरिनु परेको बताए।
Comments are closed.