Nepal's First Video FM

लीलाराम न्यौपाने आकस्मिक कक्षको शोभाकर न्यौपाने (हरि ) द्वारा चाबी हस्तान्तरण गरि लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल बाट उद्घाटन

0 47

सिद्धार्थनगर। २०७७ चैत्र २२ आइतबार लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानद्वारा सिद्धार्थनगर स्थित भीम अस्पताल परिसरमा निर्मित लीलाराम न्यौपाने आकस्मिक कक्षको लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री शङ्कर पोखरेलले शीलापत्रको अनावरण तथा नवनिर्मित उक्त भवनको प्रवेशद्वारको रिबन काटेर एक समारोहबीच उद्घाटन एवम् सेवा शुभारम्भ गर्नुभयो।

समाजसेवी लीलाराम न्यौपानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित सो समारोहमा प्रमुख अतिथि पोखरेलले भवनभित्र स्थापित लीलाराम न्यौपानेको सालिक अनावरण गर्नुभयो। कार्यक्रममा पोखरेलले समाजसेवी लीलाराम न्यौपाने र उहाँका सुपुत्रहरूद्वारा गरिएको यस किसिमको पुनीत कार्यले समाज लाभान्वित हुने जनाउँदै धन हुनेहरूले न्यौपाने परिवारबाट प्रेरणा लिनुपर्ने बताउनुभयो।

प्रतिष्ठानद्वारा तीन करोड पच्चीस लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवनमा सम्पूर्ण उपकरण जडानसहितको पच्चीस शैय्या रहेको छ। प्रमुख सचेतक एवम् पूर्व मन्त्री बालकृष्ण खाँण, पूर्व मन्त्री दीपक बोहोरा, लुम्बिनी प्रदेश सभाका सदस्यद्वय डा. कृष्ण न्यौपाने र सन्तोष पाण्डे, रूपन्देही जिल्ला समन्वय समितिका प्रमुख तथा भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज वि.क., सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ता र यादव भट्टराईलगायतले समाजसेवी लीलाराम न्यौपानेको योगदानको चर्चा गर्दै उहाँ सिद्धार्थनगरको मात्रै नभएर राष्ट्रकै अनुकरणीय तथा प्रशंसायोग्य व्यक्ति भएको उल्लेख गर्नुभयो।

प्रतिष्ठानका महासचिव विष्णु न्यौपानेले अतिथिहरूको स्वागत गर्दै समाजसेवी पिताले देखाउनुभएको बाटोमा हिँड्ने प्रयत्न गरेको बताउनुभयो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज वि. क. लाई नवनिर्मित आकस्मिक कक्ष (भवन) को साँचो हस्तान्तरण गर्नुभयो।
सो अवसरमा सिद्धार्थनगर नगरपालिकाका तर्फबाट प्रमुख हरिप्रसाद अधिकारीद्वारा समाजसेवी लीलाराम न्यौपानेकी धर्मपत्नी कुन्तीदेवी न्यौपानेलगायत सुपुत्रहरू शोभाकर (हरि), दुर्गा, विष्णु र शशि न्यौपानेलाई सम्मान गरिएको थियो।

प्रतिष्ठानले समाजसेवा, शिक्षा, साहित्य, संस्कृति, धर्म, खेलकुदलगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने संस्था र प्रतिभालाई सम्मान, पुरस्कार र सहयोग प्रदान गर्दै आएको छ।

You might also like

Leave A Reply

Your email address will not be published.