Nepal's First Video FM

अफगानिस्तानमा फेरी पनि १४ लडाकू मारिए ! पढ्नुहोस्

634

फाल्गुन २६ ,अफगानिस्तानको हेल्मड प्रान्तमा सरकारी सुरक्षा निकायहरुले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १४ जना लडाकू मारिएका छन् ।

घटनामा अन्य १२ जना घाइते भएको अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार वक्तव्य मार्फत् जानकारी दिएको छ ।

“हवाई सुरक्षा बलको सहयोगमा अफगान राष्ट्रिय सेनाले गरेको सुरक्षा कारबाहीमा परी हेल्मड प्रान्तको नाहरी सार्राज र छिमेकी ग्रेस्क जिल्ला शुक्रबार १४ जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन्,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
रासस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.