Nepal's First Video FM

माधब कुमार नेपालले भने, ‘कार्यकर्ता मेरो पक्षमा छ, विश्वास नलागे ओलीले कार्यकर्ताको रगत जाँच गरे हुन्छ’

385

काठमाडौँ ,नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले देश भरिको कार्यकर्ता आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । मंगलबार बागमती प्रदेशको समानान्तर कमिटी घोषणा कार्यक्रममा देश भरिको कार्यक्रर्ता आफ्नो पक्षमा रहेको दाबी गरेका हुन् ।

उनले रौतहट जिल्लामा आफू पक्षीय कार्यकर्ताहरुको उपस्थितिको उदाहरण दिँदै सबै जिल्लामा आफू पक्षीय कार्यकर्ताको शानदार उपस्थिति भएको बताएका छन् । उनले यसरी उपस्थित हुने कार्यकर्तामाथि शंका लागेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई कार्यकर्ताको रगत जाँच गर्न भनेका छन् । उनले भने, ‘मसँग सबै कार्यकर्ताको रेकर्ड छ, यदि कार्यकर्ता सक्कली हो कि नक्कली हो, विश्वास नलागे कार्यकर्ताको रगत जाँच गर्दा हुन्छ ।’

उनले अहिले आफूमात्र नभएर धेरै नेता कार्यकर्ताले ओलीको अपमान सहदै आएको बताए । उनले देशभरि आफू मजबुत भएको बताए । उनले ७७ वटा जिल्लामा आफू ४२ जिल्लामा मजबुद भएको दाबी गरेका छन् ।

उनले आफूहरु ओलीभन्दा भिन्न भएको बताएका छन् । आफूहरुले राजनीतिक संस्कार र संस्कृतिलाई कहिल्यै नभुल्ने पनि बताए । त्यसैले अहिले आफ्नो पक्षमा देशभर संगठन मजबुत भएको कारण ओली आत्तिएको उनले बताए ।

You might also like

Comments are closed.