काठमाडौं, सहरी विकासमन्त्री प्रभु साहले निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदमलाई निरंकुशताको पराकाष्ठा भनेका छन् । उनले आज सामाजिक सञ्जालमा प्रचण्डले आफूसहित माओवादी केन्द्र परित्याग गरेका चार निर्वाचित सांसदलाई पनमुक्त गर्ने हिजोको निर्णयलाई लोकतन्त्रकै उपहास भनेका छन् ।
साहले प्रचण्डले चुनाव जित्नलाई नेकपा एमालेसँग सहकार्य र एकता गरेको समेत उल्लेख गरे । नेकपा अध्यक्षकै हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिले सरकारलाई समर्थन दिइराखेको अवस्थामा निर्वाचित जनप्रतिनिधिमाथि दल त्यागको कानुनी डण्डा चलाउन नैतिकताले नसुहाउने टिप्पणी समेत गरेका छन् ।
प्रचण्डतर्फ संकेत गर्दै साहले लेखेका छन्, ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनःस्थापनाको पक्षधर बताउनेहरु आज फेरि नांगै भएका छन् ।’ उनले सांसदहरुको पदमाथि अनुचित रुपमा हमलाको दुष्प्रयास गरको भन्दै प्रतिगामी कदमको आरोप लगाए ।
