Nepal's First Video FM

सुनको भाउ निरन्तर उकालोतिर,कति पुग्यो त आज हेर्नुहोस

0 458

काठमाडौँ / स्थानीय बजारमा सुनचाँदीको भाउ निरन्तर उकालो लागेको छ ।

हिजो एकैदिन प्रतितोला १००० रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा ९०० रुपैयाँ महङ्गिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार ८९ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ ।

सोही परिमाणको तेजावी सुन भने आज प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार गर्न सकिनेछ । यता, चाँदीको भाउ समेत तोलामा २० रुपैयाँ बढेको छ । बिहीबार एक हजार २६० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आज शुक्रबार भने एक हजार २८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.