एजेन्सी , कलाकार हरु घुमनको लागि माल्दिभ्स सबैभन्दा प्रिय देश मानिन्छ । विशेषगरि, रोमान्स गर् र विदा मनाउनका लागि उनीहरुको पहिलो रोजाइको गन्तव्य बनेको छ माल्दिभ्स ।
यति बेला बलिउड नायिका जानवी कपुर पनि बिदा मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । उनले, सामाजिक संजालमा माल्दिभ्समा रमाइलो गर्दै गरेका तस्वीर शेयर गरेकी छिन् । अस्ताउँदै गरेको सूर्यलाई पृष्ठभूमीमा पार्दै जानवीले स्विमसुटमा तस्वीर शेयर गरेकी छिन् । जसमा, उनी निकै नै हट देखिएकी छिन् ।
जानवीले आफू माल्दिभ्समा बिदा मनाउन ढिलो आएको तर यसको महत्व बल्ल वुझेको उल्लेख गरेकी छिन् । कपुर अभिनित चलचित्र ‘रुही’ यो बर्ष रिलिज भएको थियो । यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गरेको थियो ।
Comments are closed.