Nepal's First Video FM

प्रचण्ड असफल नेता हो- मन्त्री टोपबहादुर रायमाझी

343

काठमाडौं, उर्जा, जलस्रोत तथा सिचाईँमन्त्री टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बारेमा आम नेपाली जनता अभ्यस्त भैसकेको र जानकार रहेको प्रतिक्रिया दिएका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रायमाझीले प्रचण्ड भनेको एउटा साधारण व्यक्ति भन्दै महान नेता भन्न नहुने टिप्पणी गरेका छन् ।

उनले आफूलाई प्रचण्डले मन्त्री नबनाएको पनि दाबी गरे । उनले भने,”मलाई प्रचण्डले मन्त्री बनाएको होईन, मेरो पार्टीमा जुन हैसियत थियो, त्यो भएकोले पार्टीले मलाई मन्त्री बनाएको हो । प्रचण्ड भनेको एउटा व्यक्ति हो, कतिपयले प्रचण्ड भनेको एउटा संस्था हो, र, एउटा महान नेता हो, महानायक हो, प्रचण्ड बोलेपछि सिद्धान्त बन्छ, प्रचण्डले गल्ती गर्दैगर्दैन, यो किसिमको जुन भ्रम थियो, त्यो भ्रम एकपछि अर्को गर्दै क्लियर हुँदै गैरहेको छ । जनयुद्धको बारेमा ईतिहासले चर्चा गर्नेवाला छ ।

जहाँसम्म शान्ति प्रक्रियामा आईसकेपछि, नेपाली जनतामा जुन भ्रम थियो, केही त क्लियर भएको जस्तो लाग्छ, माओवादी आन्दोलनमा प्रचण्डजी अहिले एक्लो पर्नुभएको छ ।”

You might also like

Comments are closed.