Nepal's First Video FM

ओली नेतृत्वको सरकार धेरै दिन टिक्दैनः अध्यक्ष ‘प्रचण्ड’

0 244

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको केही दिनमै नयाँ सरकार गठन हुने बताएका छन्। केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नरहने पनि प्रचण्डले दाबी गरेका हुन्।

प्रचण्डले एक बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै आफूहरु जनतालाई दुस्ख नदिइकन, आन्दोलन नगरिकन नयाँ सरकार गठनको प्रयासमा रहेको जानकारी दिए। उनले मुलुकमा अझै सेटिङ रहेको र अराजकताको कालो बादल मच्चिइरहेको तर्क गरे।

ओलीको सरकार अब धेरै दिन टिक्दैनःउनले आफूहरुले नयाँ सरकार बनाएर यसलाई सच्याउन लागेको र त्यो सम्भव नभएर नयाँ विद्रोहमा मुलुक जाने संकेत गरे। ‘एउटा नयाँ खालको विद्रोहमा संगठित हुनुपर्ने जानुपर्ने अवस्था निकट भविष्यमै आउन सक्छ। हामी नयाँ सरकार बनाएर अगाडि बढ्न सकेनौं भने विद्रोहको विकल्प छैन,’ उनले भने।

ओलीको प्रतिगामी कदमको प्रतिवाद सिंदरबारभित्रैबाट, देशभरीबाट हुने उनले बताए। उनले वर्तमान सरकार धेरै दिन नचल्ने पनि बताए।प्रचण्डले मिलेर बसेको शक्तिलाई छुटाएर जबरजस्ती डिभोर्स गरिएकोमा आफूहरुले पुनर्मिलन चाहेको बताए। एमालेको माधव नेपाल समूहको नाम नलिई उनले उक्त कुरा बताएका हुन्।

You might also like

Leave A Reply

Your email address will not be published.