Nepal's First Video FM

आजको दोहोरी च्याम्पियनमा बालचन्द्र बरालको टिम र राजेन्द्र पाठकको टिममा कसले जित्ला ?हेर्नुहोस आजको भाग

462

कमल सरगम-काठमान्डौ आज हुने दोहोरी च्याम्पियन बिशेष रहेको छ। केहि दिन अगाडी ट्रेलर आएको थियो,उक्त ट्रेलरलेनै सबैको मन जितेपछि आजको भाग कस्तो रहला भन्ने प्रश्न उठ्न थालेको छ।

बेलुका ८:५० देखि सुरु हुने नेपाल टेलिभिजनको उक्त रियालिटी सो भित्र आज राजेन्द्र पाठक र मिना नेपाल संग भिडन्त गर्दैछन् शोभा कार्की र बाल चन्द्र बराल। कडा प्रतिष्पर्धा हुने भएको छ सबैले यो हप्ताको कार्यक्रम बिशेष रुपमा प्रतिक्षा गरेका छन।

यो समय बाल चन्द्र वराल र शोभा कार्कीको चर्चा सबैतिर हुदै गर्दा यो भाग निर्णायकबाट पनि आज सम्मकै बिशेष भनेका थिए। आजको बसाइ कस्तो रहला भन्ने प्रश्न उठेको बेलामा दर्शक पनि पर्खाइमा रहेका छन।

दर्शकले यो हप्ता अलिक बिशेष रुपमा किन हेर्दै छन भन्ने प्रश्नमा कार्यक्रम संचालक बद्री पंगेनी भन्छन ‘यो पटक शोभा कार्की को टिम र राजेन्द्र पाठकको टिमको अहिले सम्मकै कडा भिडन्त छ दर्शकले पुरा हेर्ने कार्यक्रम बनाईएको छ।’

आज के होला ? जसको लागि अहिले ९ बजे सम्म प्रतीक्षा गर्नुपर्ने छ। तलको लिंकमा क्लिक गरि दोहोरी च्याम्पियन हेर्न सक्नुहुनेछ

You might also like

Comments are closed.