Nepal's First Video FM

माया बसेर जन्मेको छोरोलाई सर्वोच्चले गर्भमा पठाइदियो : वरिष्ठ नेता नेपाल

0 351

पर्सा – वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले फागुन २३ गते नेकपा खारेज गर्ने गरी दिएको निर्णयलाई प्रेम विवाहसँग तुलना गरेका छन्। आइतबार वीरगञ्जमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन्। नेकपा खारेज गरेर साविकका एमाले र माओवादी ब्यूँताउने सर्वोच्च अदालतको निर्णयलाई विवाह र बच्चासँग तुलना गर्दै नेता नेपालले गुनासो गरेका हुन्।

‘केटाकेटीले प्रेम गरेर आपसी सहमतिमा बिहे गर्छन्। एक वर्षपछि छोरो जन्मिन्छु, उनले भने, तर जन्मिसकेको त्यो छोरोलाई सर्वोच्च अदालतले फेरि आमाको गर्भमै पठाउने गरी फैसला दिएको छ। यो राजनीतिकसँगै अस्वभाविक निर्णय पनि हो।

नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले खारेजीमा परेको नेकपा र साविकको एमालेलाई पेवा सम्झिएको बताए। उनले कुर्सीको लोभमा पार्टीलाई अनिर्णयको बन्दी बनाएर ओलीले पार्टीमा एकलौटीतन्त्र, मनपरितन्त्र र अधिनायकवाद लादेको पनि गुनासो गरे।

घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना गरेर भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

You might also like

Leave A Reply

Your email address will not be published.