Nepal's First Video FM

बिन्ती कुमार गुरुङको ‘यी आँखाका नानीमा’ सार्वजनिक (भिडियोसहित)

411

काठमाडौँ – गायक बिन्ती कुमार गुरुङ आफ्नो नयाँ सांगीतिक कोशेली ‘यी आँखाका नानीमा’को साथमा आएका छन्। विगत लामो समय देखि अमेरिकामा बस्दै आएका गुरुङले यो पटक अर्जुन दुङ्मेन राईको शब्द, मनोज साङ्सोन राईको संगीत र संगीत संयोजनमा रहेको नयाँ गीत सार्वजनिक गरेका हुन्।

अमेरिकामा नै छायांकन भएको भिडियोमा गायक गुरुङ स्वयम् फिचर्ड छन्। गीत चले पनि कलाकार नचिनिने कुरा महसुस गरेर आफुलाई दर्शक सामु परिचित गराउन भिडियोमा फिचर्ड भएको गायक गुरुङले बताएका छन्। केहि महिना अघि सार्वजनिक ‘काफल पाक्यो’ बोलको भिडियोमा समेत स्वयम् गायक गुरङ फिचर्ड थिए। हालै सार्वजनिक नयाँ भिडियोलाई सुनिल उप्रेतीले निर्माण गरेका हुन्।

लोकलयमा आधारित गीत गाउन रुचाउने गायक गुरुङ गायन संगै गीत लेखन , संगीत भर्न र अभिनयमा रुचि राख्छन्। गुरुङ समाजमा जन्मिएर रोधी संस्कारमा नाच्दै गाउदै हुर्किएका गुरुङले आफ्नै प्रोडक्शन कम्पनी ज्यासमिन क्रियसन मार्फत आफ्ना संगीत सिर्जनाहरु बजारमा प्रस्तुत गरिरहेका छन्।

You might also like

Comments are closed.