प्रचण्डपत्नीको भावुक बनाउने यस्तो तस्बिर – आमा-छोरी सहितको तस्बिर सामाजिक संजालमा , धेरैले लेखे शिघ्र स्वास्थ्य लाभको कामना
काठमाडौँ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरे ।
तेस पछि त्यो फोट सामाजिक संजाल ततायो सीताको फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जिज्ञासा राख्दै स्वास्थ्यलाभको कामना गरेका छन् । प्रचण्ड पत्नी सीता हाल चितवनमा छिन् ।
सीता दाहाल छोरी रेणुको काखमा सुतेकी छन्। बहिनी गंगालाई ट्याग गरेर राखिएको फोटोमा रेणुले आमामात्रै भनेर लेखेकी छन्।
सीता दाहालमा विगत ४ वर्षदेखि पार्किन्सनको स्वास्थ्य समस्या रहेको छ । उनी दुर्लभ स्वास्थ्य समस्याका रुपमा रहेको प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पी.एस.पी) बाट पीडित रहेकी छिन् ।
चिकित्सकहरूका अनुसार यो समस्या मस्तिष्कमा असर परेपछि हुने गर्छ । जसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गाह्रो हुने गर्छ ।
Comments are closed.