Nepal's First Video FM

अहिलेका टिक टकमा भाइरल जोडी – प्रिज्मा र प्रिन्सीको नयाँ गीत ‘कस्तो सुहाएको फुली’ सार्वजनिक

399

काठमाडौँ, गायक सुरेन्द्र चन्द र गायिका विशाखा शाही नयाँ गीत लिएर बजारमा आएका छन् । उनीहरुले ‘कस्तो सुहाएको फुली’ बोलको गीत सार्वजनिक भएको हो । गीत सिएल शर्माले लेखेका हुन् । संगीत पनि गीतकार शर्माकै सुन्न सकिन्छ ।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा अभिनेता पल शाह सुधीर श्रेष्ठ, प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् । म्युजिक भिडियोमार्फत किशोरावस्थाको प्रेमलाई प्रस्तुत गरिएको छ ।

शान थापाले निर्देशन गरेको म्यूजिक भिडियो अर्जुन तिवारीले खिचेका हुन् । राजिव समीरको कोरोयोग्राफी रहेको म्युजिक भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

You might also like

Comments are closed.