काठमाडौं । पछिल्लो समय नाम चलेका सेलेव्रिटी अनलाइन व्यापारका गतिविधिमा सक्रिय हुन थालेका छन् । खानेकुरा डेलिभरी गर्ने अनलाइन सेवा प्रदायकले कलाकारलाई लिएर व्यापार प्रवद्र्धन गर्न थालेका छन् ।
छोटो समयमै ग्राहकको विश्वास जितेको ‘फुडगन्ज’सँग गायिका तथा मोडल ज्योति मगर जोडिएकी छन्।
शनिबार ‘फुडगन्ज’को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी थिइन्। गायिका मगरको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए। उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन्।
गायिका मगरले फुड डेलिभरीको अनुभव आफ्नो लागि नौलो रहेको बताइन्। कोभिडको समयमा सुरक्षित र सहज तरिकाले ‘फुडगन्ज’ ले सेवा प्रदान गरेकोमा उनले खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘अनलाइनबाटै अर्डर र पेमेन्ट हुने भएकाले मानिसहरुको समयको पनि बचत हुन्छ। कोभिडको समयमा सुरक्षितरुपमा आफूले चाहेको जस्तो खानेकुरा पनि खान पाइन्छ । ‘फुडगन्ज’ ले एक हिसाबले पून्यको काम नै गरेको छ।’
कोभिड–१९ को महामारी सुरु भएपछि नेपालमा ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाएको हो। कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहजरूपमा सपिङ गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको छ।
काठमाडौंं, भक्तपुर र ललितपुरमा सेवा गर्दै आइरेहको फुडगञ्जले अर्डरलाई ग्राहकको दैलोमा लैजान ज्योतिलाई खटाएको छ ।