Nepal's First Video FM

लोक गायिका टिका पुनले खोलिन लाखौ लगानीमा दोहोरी,अलिफ खान दोहोरी गाउँन पुग्दा टिका हाँसेर मुर्छा परिन

388

नेपाली लोक संगीतमा सबैले मन पराएकी लोकप्रिय गायिका टिका पुनले आफ्नै दोहोरीको स्टुडियो खोलेकी छिन।​झन्डै २५ लाख भन्दा बढी लगानीमा खोलेको उक्त स्टुडियोमा नेपाली लोक दोहोरी क्षेत्रका चर्चित कलाकारहरुले गाउने गर्दछन भने यिनै कलाकारहरुको एउटा पाठसाला बनाउने क्रममा टिका लागेकी छिन।​

लामो समय गीत संगीतलाई आफ्नो तर्फबाट साधा उचाइमा लाग्दै आएकी मौलिक र एक सरल गायिकाको रुपमा चिनिएकी टिका पुनले एता लगानी गरेकी हुन्।​अहिले दर्पण नाम गरेको युटुब मार्फत उक्त स्टुडियोमा निर्माण भएका दोहोरीहरु आउने गर्दछन।​नया नया भाइ बहिनी देखि चलेका कलाकारको एकै थलोको रुपमा दर्पण रहने जानकारी टिकाले गराएकी छिन।​अलिफ खान समेत गाउन पुगेका थिए दर्पणमा।​

यो पनि पढ्नुहोस
लोकप्रिय लोकदोहोरी गायिका पूर्णकला बिसी अस्पतालबाट घर फर्किएकी छिन।पारिवारिक श्रोतका अनुसार उनको पित्ता थैलीमा समस्या देखिएपछि अप्रेशन गरिएको हो।सबैको मन जितेकी गायिका बिसीलाई यो समस्या देखिएपछि परिवार चिन्तित थियो।उनको सफल सल्यक्रिया भएको पूर्णकलाका श्रीमानले लालीगुराँस डटकमलाइ जानकारी दिएका हुन्। ग्रिन सिटि अस्पतालमा उनको उपचार भएर घर फर्काइएको हो।

केहि दिन अगाडी मात्रै उनले आवाज दिएको नया गीत सातै जुनी बजारमा छ भने अन्य गीतमा पनि उनि निरन्तर आवाज दिदै आएकी थिइन।अस्पतालले २ हप्ता अझै आराम गर्न बिसीलाई सुझाब दिईएको पारिवारिक श्रोतले जानकारी दिएको हो।

पित्ता थैलीको सफल सल्यक्रिया संगै उनि अहिले घरमै आराम गरिरहेकी छिन।उनलाई भेट्न पुगेकी लोक गायिका टिका पुनले पनि चिन्ता व्यक्त गरेकी छिन। दोहोरी गीतमा पूर्णकला बिसिको निकै ठुलो योगदान छ।उनि हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा पनि बिशेष पदमा रहेकी छिन भने अन्य बिभिन्न संघ सस्थामा पनि संलग्न छिन।केहि दिनमै रमाईलो टेलिभिजन मार्फत र आलाप स्टुडियो मार्फत प्रशारणमा आउन लागेको कार्यक्रम आलाप दोहोरी प्रतियोगितामा पनि उनि कार्यक्रम प्रस्तोताको रुपमा रहेकी छिन।पूर्णकलालाइ छिट्टै निको होस् स्वास्थ्य लाभको कामना गर्दछ लालीगुराँस डटकम परिवार ।

You might also like

Comments are closed.