Nepal's First Video FM

बाबुराम भट्टराईले शेरबहादुर देउवालाई भने – तपाईं अघि सर्नुहोस्, नत्र म सर्छु !

0 366

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टीभित्र लामो समयको संवादहिनता तोड्दै आन्तरिक छलफल सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि अग्रसरता लिन काँग्रेस सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) का नेताले आग्रह गरेका छन् । देउवा अघि नसरे आफूलाई सघाउन जसपा नेताको प्रस्ताव छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देउवालाई सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न आग्रह गरेका छन् । आफूले प्रस्ताव दर्ता नगर्ने हो भने जसपालाई साथ दिन यादव र भट्टराईले प्रस्ताव गरेका छन् ।

जसपाको उपेन्द्र–बाबुराम पक्षले राखेको यो प्रस्तावबारे देउवाका तर्फबाट कुनै जवाफ आइनसकेको छैन । चैत २७ गते काँग्रेस र माओवादीसँग भएको छलफलमा जसपाका नेताहरुले आफ्नो पार्टीमा छलफल गरेर मात्रै सत्ता समीकरणबारे निर्णय दिने बताएका थिए ।

You might also like

Leave A Reply

Your email address will not be published.