Nepal's First Video FM

प्रचण्डले भने – हामीले केपी ओलीलाई तीन पटक प्रधानमन्त्रीबाट हटाएकै हो, अब चौथो पटक हटाउँदैछौं

0 319

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले केपी ओलीलाई तीन पटक प्रधानमन्त्रीबाट हटाएको बताएका छन् । आज (आइतबार) गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब केही दिनभित्रै हटाउने पनि खुलासा गरे । उनले भने,‘केपी ओलीलाई हामीले तीन पटक प्रधानमन्त्रीबाट हटायौं । तपाईँहरुले हिसाब गर्नुभाछ त्यो ? एकपटक हामीले संसदीय दलको बहुमतको हस्ताक्षर गरेर संसद सचिवालयमा लगेर दर्ता गर्यौं, उहाँलाई दल नेताबाट केपी ओली हटाईयो, प्रचण्डलाई सर्वसम्मत दल नेता बनाईयो ।

त्यो अनुसार हाम्रो संविधान, हाम्रो ऐन तथा कानूनले के भन्छ भने दल नेता नरहेपछि प्रधानमन्त्री स्वतः जान्छ, जानुपर्ने हो । त्यो कुनै राजनीतिक कुरा बोलेको होईन । कानूनी र संवैधानिक अनुसार हटाईएको थियो । केन्द्रीय सदस्यहरुको ७० प्रतिशतले उहाँलाई पार्टी सदस्यबाट हटाएको हो । उहाँले लोकतन्त्रविरोधी काम गरेको कारणले हटाईएको हो । हामीले बहुमतअनुसार हटाएका हौं ।

निर्वाचन आयोगमा आँफै उपस्थित् भएर भन्यौं । निर्वाचन आयोगले निर्णय गरेन । त्यो गर्नैपर्नेथियो । हाम्रो तर्फबाट हामीले त जित्यौं । तेस्रो, उहाँले संसद विघटनको प्रस्ताव गर्नुभयो । हामीले असंवैधानिक भन्यौं । अन्ततः अदालतले संसद् पूनःस्थापना गर्यो । यति ठूलो निर्णय प्रधानमन्त्रीले गरेको र त्यसको विरुद्ध अदालतले फैसला गरेकोले, त्यसकारण त्यतिवेला तुरुन्त प्रधानमन्त्रीबाट हटनुपर्छ । दुनियाँको कोही पनि मान्छे बसिराख्दैन, यो लाज पचाएर, यो घिन पचाएर ? यस्तो भयो ।

हामीले तीन पटकसम्म प्रधानमन्त्रीलाई हट्नैपर्ने स्थितिमा पुर्यायौं । तर, अब विडम्बना भन्नुपर्छ अहिले नकचरो भएर केपी चाहीँ बसिराखेकै छन् प्रधानमन्त्रीमा । अब हामी उहाँलाई चौथो पटक हटाउँदैछौं । अब हेरौं के हुन्छ ? केही दिनभित्रै हुन्छ । सहमति भयो भन कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।

You might also like

Leave A Reply

Your email address will not be published.