Nepal's First Video FM

काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषण

243

काठमाडौं – काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषण बढेको छ। केही दिन सामान्य अवस्थामा पुगेको प्रदूषण सोमबार बिहान पुनः बढेर अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको जनाइएको छ।

प्रदूषणसम्बन्धी जानकारी दिने स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौंमा वायु प्रदूषणको मात्रा २ सय २९ एक्युआई पुगेको छ। बुटवलमा २५०, नेपालगञ्जमा २२१ र पोखरामा १८९ एक्यूआई छ । एक्युआई दुई सयभन्दा माथिको प्रदूषणलाई घातक मानिन्छ।

काठमाडौंपछि बंगलादेशको ढाका, चीनको बेइजिङ, युक्रेनको किभ र भारतको कोलकातामा प्रदूषण उच्च देखिएको छ। यो वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लागेका कारणले पनि प्रदूषणको मात्रा बढेको जनाइएको छ।

डढेलोका कारण वन मासिने, वन्यजन्तु लोप हुनुका साथै बाक्लो तथा हानिकारक धुवाँ उड्ने भएकाले स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असरको जोखिम बढेको छ। यसअघि वायुप्रदूषण उच्च भएपछि नेपाल सरकारले चार दिनसम्म विद्यालयहरु बन्द गरेको थियो।

You might also like

Comments are closed.