Nepal's First Video FM

सार्वजनिक लेखा समितिको सदस्यमा: ७० करोड घुस काण्डका आरोपी बाँस्कोटा

212

काठमाडौं – ७० करोड घुस मागेको अभियोग खेपिरहेका नेकपा एमालेका सांसद गोकुल बाँस्कोटा प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समिति सदस्य बनेका छन्। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा एमाले संसदीय दलको सिफारिस अनुसार बाँस्कोटा उक्त समितिका सदस्य बनेका हुन्।

बाँस्कोटाले सेक्युरिटी प्रिटिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो। उक्त अडियो बाहिर आएपछि बाँसकोटाले सूचना तथा सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए।

सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न समितिमा भएका हेरफेरको सूची प्रतिनिधि सभाको बैठकमा सोमबार पेश गरेका हुन्। नेकपा एमालेले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस गरेको थियो।

You might also like

Comments are closed.