Nepal's First Video FM

सोमबार नेप्सेमा १७.२० अंकले वृद्धि

265

काठमाडौं – सोमबार नेप्से १७.२० अंकले उकालो लागेको छ। सोमबारको बारोबारपछि परिसूचक २६९१.५६ अंकमा पुगेको छ। आज ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपैयाँमा २१६ कम्पनीको १ करोड ३८ लाख २१ हजार ५ सय ७३ कित्ता सेयर कारोबार भएको छ।

आज बैंकिङ, विकास बैंक, निर्जीवन बीमा, प्रशोधन तथा उत्पादन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्डका समूहगत सूचक बढेका छन्। सबैभन्दा बढी जीवन बीमा समूहको सूचक १९७.७९ अंकले उकालो लागेको छ।

यस दिन सबैभन्दा बढी कमाउने कम्पनीहरुमा एनआईसी एसिया लघुवित्त, महिला लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक रहेका छन्। यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन्।

गुमाउने कम्पनीहरुमा सान्जेन जलविद्युत्, चन्द्रागिरि, हिमाल दोलखा हाइड्रोपावरलगायत कम्पनी रहेका छन्।

You might also like

Comments are closed.