काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौती दिनुभएको छ । साथै प्रचण्डलाई व्यङ्ग गर्दै ए भाइ ए दाई प्रधानमन्त्री भइदेउ भन्दै हिडेँका छन ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुसंग बहुमत रहेको भन्दै उहाँले राजीनामा नदिने प्रष्ट पार्नुभयो । उहाँले माओवादीले समर्थन फिर्ता लिए आफुलाई कुनै पनि फरक नपर्ने पनि बताउनुभयो ।
माधव नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै ओलीले माधव नेपालले अब कहिँबाट चुनाव जित्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले आफूले पार्टी एक गरेर लैजान खोजेको, ज–जसले भागबण्डा मागे दिएको भन्दै आफुलाई नै दलको नेता र सदस्यबाटै निष्काशन गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण ध्यान समृद्धि र बिकास तर्फ रहेको भन्दै सरकार आफ्नो लक्ष्यमा तीवै गतिका साथ अघि बढिरहेको धारणा राख्नुभयो ।
यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजनीतिक दलबाट आउने सुरक्षा खतरालाई प्रशासनिक कारबाहीबाट मात्र हल गर्न नहुने बताएका छन्।
‘संविधान मान्ने दलबाट पनि सुरक्षा चुनौती हुन सक्छ’, उनले भने, ‘त्यसलाई प्रशासनिक रूपमा नियन्त्रणमा लिएर मात्र हुँदैन, राजनीतिक रूपमा हल गर्नुपर्छ।’
देश राजनीतिक अस्थिरतातर्फ धकेलिएको भन्दै मन्त्री थापाले यसले विकास निर्माणमा असर पुर्याएको एक सहभागीले बताए।
‘सरकारको नेतृत्व गरेकै पार्टीमा पनि पूर्ण एकता छैन’, गृहमन्त्रीको भनाइ उदृत गर्दै एक सहभागीले भने, ‘सरकारलाई गिराउने खेल खेलिरहेको छ, संविधान मान्ने दलहरूमा संघर्ष पैदा भएको छ।’
राजनीतिक कोणबाट आउन सक्ने असुरक्षालाई ध्यान दिएर सुरक्षा नीति बनाउन उनले निर्देशन दिए।
संविधान मान्ने दलहरूबाट पनि शान्ति सुरक्षामा खतरा आउन सक्ने उनको भनाइ छ। उनले त्यस्तो दलको नाम भने नलिएको अर्का सहभागीले बताए।
जातीय र धार्मिक कोणबाट पनि असुरक्षाको स्थिति आउन सक्ने भन्दै उनले सुरक्षा नेतृत्व जिम्मेवार हुनुपर्ने बताएका थिए।
गृहमन्त्री थापाले विप्लव समूहको गतिविधि निगरानीमा राख्नुपर्ने बताएका छन्।
Comments are closed.