काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौती दिनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुसंग बहुमत रहेको भन्दै उहाँले राजीनामा नदिने प्रष्ट पार्नुभयो । उहाँले माओवादीले समर्थन फिर्ता लिए आफुलाई कुनै पनि फरक नपर्ने पनि बताउनुभयो ।
माधव नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै ओलीले माधव नेपालले अब कहिँबाट चुनाव जित्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले आफूले पार्टी एक गरेर लैजान खोजेको, ज–जसले भागबण्डा मागे दिएको भन्दै आफुलाई नै दलको नेता र सदस्यबाटै निष्काशन गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण ध्यान समृद्धि र बिकास तर्फ रहेको भन्दै सरकार आफ्नो लक्ष्यमा तीवै गतिका साथ अघि बढिरहेको धारणा राख्नुभयो ।
Comments are closed.