Nepal's First Video FM

आत्मालोचना गरेर पार्टीमा फर्किए माधव नेपाललाई स्वागत छ, नत्र ठीक पार्छु : प्रधानमन्त्री केपी ओली

360

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गर्नुभएको छ । तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उहाँको चेतावनी छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष अ‍ोलीले भन्नुभयो ‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं ।’

उहाँले भन्नुभयो ‘माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस् ।’ तर गुटबन्दी गरेर आउनेलाई स्वीकार नगर्ने उहाँको स्पष्टोक्ति छ ।

आफूलाई जति भनेपनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने उहाँको चेतवानी थियो । नेता नेपालले अहिले पनि बोलिरहेको भन्दै उहाँले भन्नुभयो, ‘म सीमा हेरिरहेको छु । सीमा पार गरेको दिन ठिक पार्छु ।’

You might also like

Comments are closed.