Nepal's First Video FM

डा. सुन्दरमणि दिक्षित भन्छन : कोरोनाको समयमा कहीँ नभएको भ्रष्टाचार नेपालमा भईदियो !

435

काठमाडौँ,नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उता, सरकारले पनि भ्रष्टाचार रोक्न नसकेको उनको टिप्पणी छ । उनले भने,‘सरकारले कहाँ भ्रष्टाचार नियन्त्रण गर्यो ? कहाँ सक्यो ।

जनताले आँफै जे जति गरे, मन्त्रालय भ्रष्टाचारमा डुब्यो । कोरानाको समयमा कहीँ नभएको भ्रष्टाचार नेपालमा भईदियो । संसारमा कहीँ छैन्, यही हाम्रो देशमा भईदियो । यस्तो हाम्रो स्थिति थियो भनेदेखी आज त हाम्रो कमसेकम विमानस्थल र नाकामा म त भन्छु आर्मीलाई नै कन्ट्रोल गर्न देउ, पुलिसले गर्नसक्दैन ।

काठमाण्डौँ उपत्यकामा कडाई गर भनेकै हौँ ।

You might also like

Comments are closed.