Nepal's First Video FM

व्यापारीकाे घरमा देउवा-दाहालबीच गाेप्य वार्ता , यस्तो सम्म छलफल भयो

347

काठमाडौं । नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गाेप्य भेटवार्ता भएकाे छ ।

महाराजगन्जस्थित व्यापारी प्रमाेद राणाकाे निवासमा मंगलबार राति साढे ९ बजेसम्म देउवा-दाहाल वार्ता जारी थियो । दुई नेतासंगै राणा निवासमा अर्का एक ‘अपरिचित व्यक्ति’ देखापरेको स्राेतले नेपाल प्रेसलाई बताएको छ ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन गरेकाे प्रस्तावलाई माओवादीले यसअघि नै स्वीकार गरिसकेकाे छ । मंगलबार दिउँसोमात्रै जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको थियाे ।

नयाँ वर्षको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाेली देशवासीकाे नाममा सम्बाेधन गर्न लागेकाे पूर्वसन्ध्यामा भएकाे देउवा-दाहाल भेटलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ । नेपाल प्रेस

You might also like

Comments are closed.