काठमाडौं । भारत भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाहले हरिद्वारस्थित पतन्जली योगपीठ समेत अवलोकन गरेका छन् । उनलाई स्वामी रामदेव, आचार्य बालकृष्ण लगायतले स्वागत गरे ।
हरिद्धारमा आयोजना हुने कुम्भ मेलमा शाही स्नान गरेपछि पूर्वराजा त्यहाँ रहेको पतञ्जली मुख्यालय पुगेका थिए । रामदेव र पूर्वराजाले उक्त अवसरमा भलाकुसारी गरेका थिए ।
यसै बीच देशमा राजनीतिक अस्थिरता र अन्योलता बढिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्रलाई नयाँदिल्लीले रातो कार्पेटमा स्वागत गरेका छ ।
भारतको उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा विश्व हिन्दू सम्राटको हैसियतमा पूर्वराजा ज्ञानेन्द्रलाई आमन्त्रण गरिनु अर्थपूर्ण छ । चैत २६ गते नयाँदिल्ली प्रस्थान गरेका पूर्वराजा ज्ञानेन्द्र तीन दिन नयाँदिल्ली बसेर नयाँदिल्लीबाटै हेलिकोप्टरमा शनिबार देहरादून हुँदै ऋषिकेश पुगेको स्रोतले बताएको छ ।
पूर्वराजा ज्ञानेन्द्रको हेलिकोप्टरलाई स्कर्टिङ गरेर देशरादून लगेको घटनाले पनि पूर्वराजा ज्ञानेन्द्रको यस भ्रमणलाई भारतले विशेष महत्व दिएको बताइन्छ । चैत ३० गते बिहान पूर्वराजा ज्ञानेन्द्रको हरिद्वारमा शाही स्नान गराउने कार्यक्रम सम्पन्न भएको एभिन्यूज टेलिभिजनले बताएको छ ।
उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र आरएसएसका प्रमुख मोहन भागवतलगायतका भाजपाको नेताहरुको सहभागी हुने बताइए पनि मोदी अनुपस्थित भएका छन् ।
Comments are closed.