काठमाडौँ, बेल्जियम बस्दै आएकी नायिका गरिमा पन्तले आफ्नि इन्स्टाग्राम एकाउन्टमा गर्भवति भएका फोटोहरु शेयर गरेकी छन् । पतिसहित फोटो शेयर गरेकी उनले ‘शृस्टिबाट शृस्टिकर्ता, जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश’ भनेर क्याप्शन लेखेकी छन् ।
बेल्जियम बस्ने ब्यवसायी हरि शर्मासँग विवाह गरेको जानकारी दिएकी थिईन् । गरिमाले बैवाहिक जानकारी दिनु अगाडी नै आफुले बेल्जियममा व्यापार शुरु गरेको बताएकी थिईन् ।
केहि वर्ष अगाडि सांगीतिक कार्यक्रमका लागि यूरोप पुगेको समयमा गरिमा र हरिको भेट भएको बताईन्छ । गरिमासँग दोश्रो बिवाह गरेका हरि नेपाली ब्यवसायी संघ बेल्जियमका पूर्व अध्यक्ष समेत हुन् ।
Comments are closed.