नायक किशोर खतिवडा र यी महिला ‘तीन वर्ष श्रीमान-श्रीमती भएर बसेको भन्दै प्रमाण सहित आइन मिडियामा (भिडियो हेर्नुस्)
काठमाडौ । चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडा माथि एक महिलाले गम्भिर आरोप लगाएकी छन् ।
कलाकार खतिवडाले बिगत ३ वर्षदेखि बिवाहको आश्वासन दिएर एक युवतीलाई प्रयोग गरेर लाखौं रकम समेत लगेको आरोप लगाएकी छन् । तीन वर्ष सम्म श्रीमान श्रीमतीजस्तै बसेका उनीहरुबीच सम्बन्धमा समस्या आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दावी गर्दै आफुलाई अन्याय गरेको आरोप लगाएकी हुन् ।
गदालका अनुसार नयाँ बानेश्वरको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको बताएकी छन् । खतिवडाले आफैं बोलाएको र मोबाइल नम्बर मागेपछि दिएको उनले बताइन् ।
त्यस पछि उनले विभिन्न बहानामा पैसा माग्न लागे । उनले देशको एउटा चिनिएको कलाकार देलान् नि त भनेर आफुले दिइरहेको बताइन् ।
यतिका पैसा लिइसक्दा खतिवडा गदालसँग धेरै नजिकिई सकेका थिए । उनी लक्ष्मीको कोठामा जान थाले अनि विवाहको प्रस्ताव राखे ।
त्यस पछि उनीहरु संगै बस्न थालेको बताएकी छन् । तीन वर्षको अवधिमा लक्ष्मीले लाखौं रकम र क्सी पसलमा बुझाएकी थिइन् । यति मात्र होइन, खतिवडाले लगाउने लुगा तथा जुत्ता चप्पल सबै आफुले नै किनिदिएको पनि दावी गरेकी छन् ।
लक्ष्मी पटक पटक ग र्भवती भएको पनि बताइन् । तीन वर्षको अवधिमा दुई पटक ग र्भ प त न गराएको लक्ष्मीको दावी छ । ̍
Comments are closed.