खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोईराला बेपत्ता भएको १९ वर्षपछि घर आइपुगेका छन्। १७ वर्षको उमेरमा २०५८ सालमा काठमाडौं सानेपाबाट बेपत्ता भएका विज्ञान बुधबार घर आइपुगेका हुन्।
नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाई सुवास कोईरालाले घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पुर्याएका हुन्। साविकको चिसापानी–१ का कोईराला परिवार गत पुस अन्तिम साता सुन्दरपुर बसाई सरेका हुन्।
लामो समयसम्म बेपत्ता भएपछि परिवारले माया मारिसकेका विज्ञानको आमा देबकुमारी, भाई सुवास र कान्छी बहिनी तुलसासँग झण्डै दुई दशकपछि भेट भएको छ। वियोगपछिको पारिवारिक मिलनले कोईराला परिवारमा खुसी छाएको छ।
लामो समयपछि घर फर्किएका कारण विज्ञानले आफ्नै आमा, भाई र बहिनीलाई ठम्याउन सकेका छैनन्। परिवारका सदस्यलाई ठम्याउन नसकेका विज्ञानले बितिसकेकी मावली हजुरमालाई मात्र फोटो हेरेर चिन्न सकेका छन्।
गत चैत २४ गते नेपालगञ्जबाट प्रकाशित हुने कालपृष्ठ दैनिकको सम्पर्कमा पुगेका विज्ञानलाई जिल्ला प्रहरी कार्यालय बाँकेले उद्वार गरेर सोही स्थानको निलसागर सेवाश्रमको जिम्मा लगाएको थियो।
मुलुकमा शसस्त्र द्वन्द्वको समय थियो। सेना आएर ‘माओवादी हौ भन्थे’, माओवादीका कार्यकर्ता आएर ‘सेनालाई सहयोग गर्यौ’ भन्थे। राज्य र बिद्रोही पक्षको चेपुवामा परेका विज्ञानले त्यहीबेला भारत जाने भन्दै घर छाडेका थिए। नागरिक दैनिकमा समाचार छ ।
Comments are closed.