Nepal's First Video FM

स्वर्गद्वारीमा भगवानको आशीर्वाद थाप्न गएका सदाका लागि बिदा भए, अब उनीहरूले कहिल्यै भगवानसँग आशीर्वाद माग्ने छैनन् !

410

गुल्मी, नयाँ वर्षमा तिनै भगवानसँग आफ्नो सुनौलो भविष्यका लागि आशीर्वाद थाप्न स्वर्गद्वारी हिँडेका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको जीप मन्दिर नजिकै पुग्दा दुर्घटनामा पर्‍याे । स्वर्गद्वारीमा भगवानको आशीर्वाद थाप्न नपाउँदै जीपमा चढेकामध्येका पाँच जना सधैँका लागि बीच बाटोबाटै कहिल्यै कसैसँग भेट नहुने गरी अलप बनेर गए । अब तिनीहरुले कहिल्यै भगवानलाई आर्शीवाद देऊ भनेर सताउने छैनन् ?

गुल्मीले बुधवार चार जना राष्ट्रसेवकलाई गुमाएपछि अहिले सिङ्गो जिल्ला शोकमा डुबेको छ । जीप दुर्घटनामा परि ज्यान गुमाएकाहरुको शव बिहीवार दिउँसो गुल्मी आइपुगेको थियो । ती शव जिल्ला प्रशासन कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखियो । श्रद्धाञ्जली दिनका लागि मानिसहरुको बाक्लो उपस्थिति थियो । कार्यालय परिसरमा क्रमैसँग राखिएका शव र ती शवमाथि राखिएका मृतकका सुन्दर र हँसिला तस्बिरले त्यहाँ उपस्थित जो कसैलाई बोलाइरहेको र हाँसिरहेको जस्तो आभास गराएको थियो ।

शवमाथि राखिएका तस्बिरले श्रद्धाञ्जली दिन जाने जो कोहीका पनि आँखा रसाउन विवश थिए । अघिल्लो दिनसम्म कार्यालयमा सँगै काम गरेका आफ्नै सहकर्मीलाई श्रद्धाञ्जली दिँदै गर्दा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कार्यक्रममा नै भक्कान्निनुभएको थियो ।

एउटै घटनामा कार्यालयका खरिदारदेखि अधिकृतसम्मका चार जनालाई गुमाउनुको पीडाले उहाँको मानसपटलमा यो घटनाले कहिल्यै नमेटिने गहिरो छाप पारेको छ । श्रद्धाञ्जली दिन मृतकका आफन्तदेखि जिल्लाका राजनैतिक दल, नागरिक समाज, कार्यालयका कर्मचारी, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि र आम शुभचिन्तकको बाक्लो उपस्थिति थियो ।

श्रद्धाञ्जली कार्यक्रममा लाग्दथ्यो अन्तरहृदयबाट कसैले पनि मृत्युलाई सहजै स्वीकार्न सकिरहेका थिएनन् । आफ्नो छोराको मृत्युको खबर कसैले पनि सहजै सुनाउने आँट गर्न नसकेका कम्युटर अपरेटर सूर्य पन्थीकी आमा अम्बिका पन्थीले बेलुकी टेलिभिजनमा समाचार हेरेपछि मात्र दुर्घटनामा छोराको मृत्युको खबर पाउनुभएको थियो । घटनाको बारेमा मृतकका परिवारका केही सदस्यलाई धेरैले पछि मात्र जानकारी गराएका थिए । मृतकका आफन्त कार्यालय परिसरमै आएर भक्कानिँदै श्रद्धाञ्जली अर्पण गर्दा धेरैले आँशु सम्हाल्न सकेनन् ।

प्युठानमा बुधबार भएको जीप दुर्घटनामा ज्यान गुमाएकाको शोकमा बिहीवारदेखि वैशाख ६ गते सोमवारसम्मका लागि जिल्ला प्रशासन कार्यालयमा शान्ति, सुरक्षा र मुद्दासम्बन्धीका बाहेक अरु सेवा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार ईश्वरी भण्डारी, यम लालपन्थी र चालक केशव कार्कीको जीप दुर्घटनामा ज्यान गएको थियो ।

वर्षको अवसरमा बुधवार गुल्मीको सदरमुकाम तम्घासबाट स्वर्गद्वारी दर्शनका लागि चार जना बालबालिका, ११ जना कर्मचारी र चालकसहित अन्य दुई गरी १७ जना चढेका लु १ ज १६५५ नम्बरको जीप प्युठान नगरपालिका ३ रुमाले नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका सात जनालाई बिहीवार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ लगिएको थियो भने अन्य पाँच जना सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

दुर्घटनाका मृतक पाँचै जनाको शवलाई जिल्ला प्रशासन कार्यालयले आफन्तको जिम्मा लगाइसकेको छ । स्रोत उज्जयालो

You might also like

Comments are closed.