Nepal's First Video FM

प्रचण्ड अलमलमा : धेरै समयपछि प्रधानमन्त्रीको फोन आयो,यो राम्रो हो कि नराम्रो !

0 407

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै समयपछि प्रधानमन्त्री केपी ओलीले आफूलाई फोन गरेको बताएका छन्।


शुक्रबार दिउँसो प्रचण्डले ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले फोन गरेको सार्वजनिक गराएका हुन्।

उनले आफूले प्रधानमन्त्रीसँगको कुराकानीमा गाउँपालिका जाने बाटो छिटो बनाइदिन आग्रह गर्ने बताए। 

‘मलाई थाहा छैन। यो राम्रो हो कि नराम्रो हो। म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो। धेरै समयपछि । म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्न आएको छु भने,’उनले भने,’तपाईले के भन्न खोज्नु भएको हो। यो बाटो बनाइदिहोस् ठूलो काम बन्नेवाला छु भन्नेछु।’

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूताइँदिएपछि दुवै दल आ-आफ्नो कित्तामा फर्केका छन्। एकअर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह लागिपरेका छन्।

You might also like

Leave A Reply

Your email address will not be published.