Nepal's First Video FM

अब केपी ओलीलाई धुलो चटाउँछौँ: फ्लोर क्रस’ गर्ने सांसद अमरबहादुर थापा

0 509

सुर्खेत । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् ।

कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् ।


फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरु मध्यमा सांसद अमरबहादुर थापाले केपी ओलीलाई धुलो चटाउने बताए ।

अब कसरी अघि बढ्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने अब, संगठन निर्माण गर्ने, जनताका बीचमा जान, ओलीलाई धुलो चटाउने यही त हो ।

उनले भने पार्टी आधिकारीक रुपमा दुई नभएपनि  व्यवहारिक रुपमा  दुई भएको छ । 

केन्द्रमा माधव नेपाललाई ओलीले कारबाही गरेपछि हामीले हामी पनि आफ्नो निर्णय गर्न सक्छौँ,’ उनले भने, ‘कारबाहीको कुनै डर छैन् ।’ यस्तै ‘फ्लोर क्रस’ गर्नेमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिं बुढा छन् ।

You might also like

Leave A Reply

Your email address will not be published.