काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको बताएका छन् ।

शुक्रबार कर्णाली प्रदेशमा माधव पक्षधर ४ सांसदले फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेलगत्तै नेता बाँस्कोटाले सो प्रतिक्रिया दिएका हुन् ।
नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमार्फत नेता नेपालमाथि यस्तो टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्-“कर्णालीमा दलीय प्रकृयाको लक्ष्मणरेखा उल्लङ्घन गरेपछि अब माधब नेपालले पाउदै आएको शङ्काको लाभको राजनीतिक स्थान समाप्त भयो।
अब उनको एउटा काम बँकी छ,त्यो हो -माओवादी समर्थन झिक्न रअविस्वास प्रस्ताव एकसाथ राख्न लाउने,त्यस पछि कार्वाही खाने बाटा लाग्ने।बस!!