Nepal's First Video FM

आइपिएल – पञ्जाबमाथि चेन्नइको सहज जित

0 221

१४औँ इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ ।

प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा चेन्नइले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १ सय ७ रनको समान्य लक्ष्य चेन्नइले १५.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।

चेन्नइको जितमा मोइन अलीले ४७, फाफ डु प्लेसिसले ३३ तथा सुरेश रैनाले ८ रन बनाए ।

यसअघि, मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको पञ्जाबको पहिलो ओभरको चौथो बलमा मयंक अग्रवाल शून्य रनमा आउट भए । यस्तै, टोलीको स्कोर १५ रन हुँदा कप्तान लोकेश राहुल ५ रनमा रनआउट भए ।

पञ्जाबका शाहरुख खानले ४७ रन बनाउँदा झाइ रिचर्डसनले १५ तथा क्रिस गेल र दीपक हूडाले समान १०-१० रन जोडे । मोहम्मद शामीले ९, मुरुगन अश्विनले ६ रन बनाए ।

चेन्नइका दीपक चाहरले ४, साम कुरान, मोइन अली र ड्वेन ब्राबोले एक-एक विकेट लिए ।

प्रतियोगितामा पहिलो जित हात पारेको चेन्नइ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । चेन्नइ समान २ अंक भएपनि नेट रनरेटका आधारमा मुम्बइ, दिल्ली, राजस्थान, कोलकाता र पञ्जाबभन्दा अघि रहेको हो । तालिकाको शीर्ष स्थानमा ४ अंकसाथ बैंगलोर छ ।

You might also like

Leave A Reply

Your email address will not be published.